जिम्मेवारी तथा कार्य विवरण
|सुजन श्रेष्ठ वडा नं. ३ र ४ का लागि अ. सब–इन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले वडा नं. ३ र ४ अन्तर्गत सञ्चालन हुने पूर्वाधार विकास तथा प्राविधिक कार्यहरूको प्राविधिक समन्वय, अनुगमन तथा आवश्यक प्राविधिक सहयोग प्रदान गर्नुहुन्छ।
- वडा अन्तर्गतका पूर्वाधार तथा विकास निर्माणका कार्यहरूको प्राविधिक अनुगमन गर्ने।
- सडक, भवन, खानेपानी तथा अन्य भौतिक पूर्वाधारसम्बन्धी प्राविधिक कार्यमा सहयोग गर्ने।
- निर्माण कार्यको नापजाँच, मूल्याङ्कन तथा प्राविधिक विवरण तयार गर्ने।
- वडा कार्यालय तथा सेवाग्राहीलाई आवश्यक प्राविधिक परामर्श प्रदान गर्ने।
- सम्बन्धित आयोजना तथा निर्माण कार्यको गुणस्तर र प्रगतिको अनुगमन गर्ने।